नेपालमा शिक्षाको इतिहास ः दलितलाई होच्याउने किताब दियो, खिस्याउने शिक्षक दियो
ऋग्वदी पुर्खाले शिक्षालाई शिक्षा र अशिक्षामा विभाजन गरे । शिक्षालाई मुक्तिसँग र र अशिक्षालाई परम्परासँग जोडे । प्राज्ञिक र पारलौकिक ज्ञानलाई शिक्षा भनियो । पेट भर्ने परम्परागत ज्ञान र सीपलाई अशिक्षा भनियो । उत्पानमुखी ज्ञान अशिक्षा भयो । यसरी उनीहरुले वर्गीय संरचना भएको समाजमा शिक्षालाई वर्गीय बनाए । ब्राम्हणको देवज्ञान खोज्ने शिक्षा, क्षेत्रीको राजज्ञान खोज्ने शिक्षा, वैश्यको आर्षज्ञान (ऐतिहासिक ज्ञान) खोज्ने र शूद्रको पेटज्ञान खोज्ने शिक्षा ।
यसरी शिक्षामा वर्णव्यावस्था लागू गरेर दलितलाई प्राज्ञिक शिक्षाबाट वञ्चित गराए । अर्थात दलितमा भएको सीप र शिक्षालाई प्राज्ञिक मानेनन् । यसरी उनीहरु विभेदी संरचनामा बाँचे । विभेदी शिक्षा नै दिए । त्यहाँ दलितहरु संरचनागत रुपमै शिक्षाबाट वञ्चित भए ।
पुराणे पुर्खाले पनि शिक्षामा बार बन्देज हाले । अठारथरि ब्रम्हपुराण यसैको उदाहरण हो । इजराइली कोगोटसलाई अलग्याएजस्तो पुराणे पुर्खाहरुले दलितलाई अलग्याए । पानी, नानी र पढाइबाट छुट्याए । पानीबाट छुट्याउँदा दलितहरु अछूत ठानिए । नानी छुट्याउँदा अर्थाथ विहेवारी हुन नसक्दा जातीय मिसावटबाट टाढिए । पढाइबाट छुट्याउँदा तुलसीकृत रामायणको शब्दमा ताडनका अधिकारी बनाइए । र दलितहरुलाई तल्लो जात बन्ने शिक्षा दिए । अछूत हुँ हजुर भन्ने शिक्षा दियो । जदौ भन्ने शिक्षा दियो ।
स्मृतिकालीन पुर्खाले दलितलाई पभचपयाा ले जस्तै उयधभच बककभचतष्खभ चभबितष्यल बाटै हुत्याइदिए । तल्लो र माथिल्लो जातीय अवधारणालाई गलभचलभककर यिधभचलभकक मान्नै पर्ने र तल्लो जातका भनिने मानिसलाई जातिसँगै मिल्न नदिने व्यवस्था गरे । व्रिचनोल (सन् १९६६) ले भने जस्तै अरुसंग सम्बन्ध राख्ने तत्व चभबितष्लन यतजभच मै फरक पारिदिए । मार्गरेड मीड (सन् १९३४) ले भने जस्तै दलितको स्व (कभाि लाई बाँकी समाज मिलेर ध्वस्त बनाइदिए, पहिचान हटाइदिए । अर्थात स्मृतिकालीन पुर्खाले बनाएको संचनाले दलितलाई हीनता बोक्ने शिक्षा दियो । विवश बने भाग्यबाद स्वीकार्ने (विष्ट, सन् १९९२) व्यक्ति बनाइदियो ।
बुद्धकालीन पुर्खाले दलितलाई शैक्षिक अवसर दिए । नेपालको मुलुकी ऐन) २०२०ले जातीय छुवाछुत हटाउने घोषणा गरे जस्तो दलितलाई शैक्षिक अवसर दिए । दिएको छैनभन्दा छ पनि भन्नैपर्ने, लिन खोज्दा समाजिक संरचनाले घचेट्ने । एन्थोनी गिड्जन्सको शब्दमा व्यक्ति –कनभलखथ ) ले दिने संरचना – कतचगअतगचभ ) ले लिने व्यक्ति र संरचनाका बीच सामन्जस्यता र अन्र्तक्रिया भएन । गिड्न्सकै बोलीमा द्धैधता नै बसेन । त्यसैले गौतम बुद्धलाई खिर खुवाउने सुजता दलित बस्तीभरि जन्मेनन् । यसरी धर्मकालीन पुर्खाहरुले दलितालाई पढ्ने संरचना नै दिएनन् । दलितले आर्जेको शिल्पी ज्ञानलाई ज्ञान नै मानेनन् । राज्यकालीन पुर्खाहरुले पनि त्यही बींडो वबथामे । रामशाहकालीन पुर्खाले गोरखामा, मल्लकालीन पुर्खाले काठमाडौंमा, सेनकालीन पुर्खाले पश्चिमी नेपालमा जहाँ त्यहीँ दलितलाई तलै राखे । त्यहाँ धर्म संग जात मिल्यो । यसरी दलितलाई राज्य र धर्म दुवैबाट बन्चित बनाइ राखे । जंगेको १९१० को मुलुकी ऐनमा त्यही गरे । नेपालमा भएका धर्म र नेपाली राज्यले दलितलाई शिक्षाको संसारै देखाएनन् । यस्मा रणबहादुर शाह, जयपृथ्वीबहादुर सिंह र केही मात्रमा पृथ्वीनारायण शाह अपवाद हुनु । यी अपवादहरुलाई नगन्ने हो भने दलितहरुले शिक्षामा पहुँचै पाएनन् । पहुँच पाउने अपवादहरुले पनि दलितहरुलाई शिक्षामा भित्र्याएनन् । आफू चाहिँ शिक्षितहको विरादर खलक बने । समाजशास्त्रीय शब्दावलीमा सांस्कृतिक रुपले समायोजित भए ।
त्यसकारण शैक्षिक इतिहासले दलितलाई न्याय गरेन, न न अक्षरी न्याय न त संरचनात्मक न्याय । आधुनिक शिक्षाले पनि प्रवेश दियो , स्वागत गरेन । होच्याउने किताब दियो, खिस्याउने शिक्षक दियो, जातीय छुवाछुत मान्ने साथी दियो , हीनताबोध गर्नुपर्ने संस्कार दियो । शिक्षा योजनाहरुले – शर्मा २०५९) पनि कठै दलित भन्ने दयावानी भावना भन्दा पर जाने हिम्मत गरेनन् । ब्रे र बोरेरस्कयाको शब्दमा बोझ पन्छाउने सोच चिन्तनबाट योजना बनाउने र कार्यान्वयन गर्ने संयन्त्रहरु मुक्त छैनन् । मोर र मुलरको शब्दमा छलफनको थालनी गर्न सकेका छैनन् । अझ उत्तरआधुनिक कालको जनस्तरीय चालबाजी के बुझ्थे । त्यसैले समाजबाद उन्मुख गणतन्त्रमा पनि गारार्ड (२०००)ले भने झैँ विद्यार्थी भर्नाको खाडल –भ्लतचथ न्बउ) गणना गरिन्छ । कुन जातिले कति अंक ल्यायो भनि हरहिसाब गरिन्छ । धनीले कति अंक ल्यायो र कहाँ पढ्यो , पढायो भनि गणना गरिन्छ । अर्थात हेमिल्टनको शब्दमा शिक्षामा डाक्टरी जाँच गरिन्छ । स्लीको शब्दमा डाक्टरी छलफल गरिन्छ ।
यसको समधान के हो ?







